२०८२, १४ माघ बुधबार

मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालयमा

मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालयमा


काठमाडौं, कात्तिक ८ : संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई सरुवा गरिएको हो । मन्त्रिपरिषद् बैठक नबसी उनीहरूलाई कारबाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको आरोप लगाइएको छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले सचिव चौधरीलाई हटाउन लामो समयदेखि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आफू पनि मधेसी मूलकै सचिव भएकाले मन्त्रीले हटाउन नसक्ने भन्दै चौधरीले बलमिच्याइँ गरेको यादवनिकट स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

चौधरीको ठाउँमा स्वास्थ्य मन्त्रालयकै १२औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह सरुवा भएका छन् । नेपाल ट्रष्टको कार्यालयमा सचिव रहेका सिंह सहरी विकास विज्ञ मानिन्छन् । दुवै सचिवले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : २५ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार