२०८२, २ पुस बुधबार

उज्यालो प्रदेश सरकारको प्राथमिकता : मन्त्री गुरुङ

उज्यालो प्रदेश सरकारको प्राथमिकता : मन्त्री गुरुङ


दमौली, ७ कात्तिक: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई उज्यालो बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिकाले आज पोखरीछापमा आयोजना गरेको विकास निर्माणसम्बन्धी छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युत् नपुगेका गाउँमा दुई वर्षभित्र विद्युत् पु¥याउने सरकारको लक्ष्य छ ।”

मन्त्री गुरुङले दुई वर्षभित्र सबै गाउँमा खानेपानी सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताउँदै जनतालाई सुखी र समृद्धि बनाउने सरकारको कार्ययोजना रहेको धारणा व्यक्त गर्नुभयो ।

आगामी पाँच वर्षभित्र गण्डकी प्रदेश अब्बल र समृद्ध बन्ने बताउँदै विकास निर्माण तथा आर्थिक गतिविधिमा अन्य प्रदेशको तुलनामा यो प्रदेश अगाडि रहेको छ भन्नुभयो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङको विकास निर्माणका बारेमा जानकारी गराउँदै गाउँपालिकाको योजनामा प्रदेश सरकारको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : २२ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई