२०८३, १५ श्रावण शनिबार

कान्लाको केराखेतीले छोराछोरीलाई विद्यालय

कान्लाको केराखेतीले छोराछोरीलाई विद्यालय


दाङ, ७ कात्तिक पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगौराका कान्लाभरी केराखेती देख्न पाइन्छ ।

अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् । दैनिकजसो आर्थिक उपार्जनका लागि विदेशिने युवाको सङ्ख्यामा वृद्धि भइरहेका बेला सिमगौराका किसानलाई भने त्यसै खेर गएको कान्लामा केराखेती गरेर उदाहरण देखाएका छन् ।

उनीहरु केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् । यस्तैमध्येक एक स्थानीयवासी भीमबहादुर खड्काले १० वर्षदेखि केराखेती गर्नुभएको छ ।

शुरु शुरुमा त त्यति धेरै आम्दानी लिन नसके पनि विस्तारै खेती गर्दै जाँदा वार्षिक रु ७० देखि ८० हजारसम्मको केरा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । “पहिले पहिले त घर खर्च चलाउन र छोराछोरीलाई पढाउन समस्या हुने गरेको थियो अहिले सो खेतीकै आम्दानीबाट घर चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो बारीमा उत्पादन भएको केरा बेच्नका लागि कुनै समस्या छैन भन्दै खड्काले बोटमा पाकेको केरा स्थानीय हापुरे बजारसम्म लगेर बेच्ने र काँचो केरा लिन त घरमा नै गाडी लिएर व्यापारी आउने गरेको बताउनुभयो ।

उहाँले बारीको कान्लामा केराका करीब २०० बोट रोप्नुभएको छ । “शुरुमा केराखेती गर्दा व्यावसायिक रुपमा नगरी छिमेकीले कान्लामा रोपेको देखेपछि देखासिकीले केराखेती शुरु गरेको हुँ तर अहिले त विस्तारै राम्रो आम्दानी सजिलै लिन सकिने भएपछि अरु केराका बोट रोपेको छु”, उहाँले भन्नुभयो ।

अहिले त्यहाँका ५० भन्दा बढी घरपरिवारले आफ्नो बारीको कान्लामा केराखेती गर्नुभएको छ । केराखेती गरेर जीवन निर्वाह गर्न सफल अर्का किसान अम्मर वलीले केराका २५० भन्दा बढी बोट रोप्नुभएको छ । केटाबाट आम्दानी गरी घरखर्च र छोराछोरीलाई आवासीय विद्यालयमा पढाउने ओलीले भन्नुभयो, “केराखेतीबाट सोचेभन्दा राम्रो आम्दानी सजिलै लिन सकिने भएको छु, मेहनत पनि त्यति धेरै नलाग्ने भएका कारण म यो खेतीतर्फ आकर्षित भएको हुँ ”, उहाँले बताउनुभयो । उहाँले अब उन्नत जातको केराखेती गर्ने सोच रहेको बताउनुभयो ।
सोही ठाउँकी देउरुपा खड्काले पनि अहिले केराखेती गरेर वार्षिक रुपमा रु ६० हजार आम्दानी लिन सफल हुनुभएको छ । केराखेतीबाट राम्रो आम्दानी छिटो लिन सकिने हुँदा अब उन्नत जातको केराखेती गर्न बबई गाउँपालिकाले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारी तथ्याङ्कानुसार जिल्लाको घोराही उपमहानगरपालिकाका नारायणपुर र हापुर, तुलसीपुर उपमहानगरपालिकाका पवन नगर र हरेवास, शान्ति नगरगाउँपालिकाको पातेटाकुरा र राप्ती गाउँपालिकाको लालमटियामा मुख्य खेतीका रुपमा केराखेती हुने गरेको छ जिल्लामा उत्पादन हुने केरा नपुग्दा भारतीय बजार रुपैडिया र बढनीबाट समेत दाङमा ठूलो परिमाणमा केरा भित्रिने गर्छ ।
–नारायणी रजौरे

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ५ : २३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा