२०८३, ८ असार मंगलबार

गाउँमा झडपपछि वडाध्यक्ष सहित गाउँका पुरुषले गाउँ छोडे, वडाका सेवाग्राहीले दुखपाए

गाउँमा झडपपछि वडाध्यक्ष सहित गाउँका पुरुषले गाउँ छोडे, वडाका सेवाग्राहीले दुखपाए


लहान, ७ कात्तिक दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ÷घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् ।

दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ छाडेका हुन् ।

दुबै पक्ष गरी ४० जनाविरुद्व प्रहरीमा मुद्दा दर्ता भएको थियो । एक पक्षले वडाध्यक्ष बिन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देवनारायण यादवसहित २२ लाई विपक्षी बनाएर अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको थियो ।

अर्को पक्षले उक्त गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन एमालेबाट उम्मेदवारी दिएका अशोक यादव, तत्कालीन माओवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्रे यादव, विजेन्द्र यादवसहित १८ लाई विपक्षी बनाउँदै सोही विषयमा मुद्दा दर्ता गराएको थियो ।

यसरी एकअर्का गरी ४० जना विरुद्ध मुद्दा दर्ता गराएपछि उनीहरू सहित आफ्नो पनि नाम जाहेरीमा भएको हुनसक्ने त्रासमा अन्य पुरुषले गाउँ छाडेको स्थानीयवासीले बताए । गाउँका अधिकांश पुरुषले गाउँ छाड्दा दशैँजस्तो पर्वमा पनि गाउँमा कुनै रोनक नदेखिएको उनीहरूको भनाइ थियो ।

एक पक्षले २२ जनाविरुद्व अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत र यी २२ जनाको समूहले १८ जनाविरुद्व ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको कडरबोना इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै पक्षको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएकाले भारतीय बजार पसेका आरोपीलाई खोजबिन गरी ल्याउने प्रयास भइरहेको उहाँको भनाइ थियोे । गाउँ छाडेका वडाध्यक्ष यादव गाउँपालिकाबाट पाएको सरकारी मोटरसाइकल लिएरै भारत पसेका छन् । उनी भारत पसेपछि सर्वसाधारणको कामकाज प्रभावित भएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले दुवै पक्षलाई मिलाउने प्रयास भइरहेको बताउनुभयो । दुर्गा पूजा समितिको विषयलाई लिएर गत असोज २ गते दुई पक्षबीच झड्प हुँदा ४२ वर्षीय भोगेन्द्र यादव, ५५ वर्षीय रामबहादुर यादव, ३८ वर्षीय वैजनाथ यादव, ५० वर्षीय धर्मनाथ यादव, ३५ वर्षीय हिराइ यादव, ४२ वर्षीय इनरदेव यादव, ६५ वर्षीय अयोधी यादव, ४० वर्षीय जीवेन्द्र यादव र ४५ वर्षीय लक्ष्मण यादव घाइते भएका थिए ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ११ : २७ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।