२०८२, १४ माघ बुधबार

महिला हिंसाको कारण कुरीति : मन्त्री थापा

महिला हिंसाको कारण कुरीति : मन्त्री थापा


काठमाडौँ, ६ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताउनुभएको छ । स्विजरल्याण्डको जेनेभामा आज भएको ‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)’को महिला, कानून तथा विकास मञ्चले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा नेपाल सरकारका तर्फबाट छैटौँ प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थापाले महिलाको अधिकार तथा मानव अधिकारको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस्तै महिला हिंसा, समानता, लैङ्गिक विभेदको अन्त्य गर्दै समावेशी तथा समानतामूलक समाज निर्माण गर्न नेपाल सरकार कुनै पनि कसर चाल्न पछि नपर्ने जानकारी गराउनुभयो । उहाँले वर्तमान नेपालको संविधान महिलामैत्री भएको बताउँदै दक्षिण एशियाको नै उत्कृष्ट तथा मार्ग दर्शकका रुपमा रहेको समेत दाबी गर्नुभयो । नेपालको संविधानले शिक्षा, स्वास्थ्य, सञ्चार, सम्पत्ति, प्रजनन स्वास्थ्यलगायत कुरामा महिलालाई विशेष ध्यान दिएको बताउँदै राज्यका तीन तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएको जानकारी गराउनुभयो ।

सङ्घीयताको कार्यान्वयवनसँगै कानून तथा ऐन निर्माणका क्रममा रहेको र पूर्णरुपमा ऐन तथा कानूनको निर्माणपश्चात् महिला हिंसाको पूर्णरुपमा अन्त्य हुने दाबी गर्नुभयो । उहाँले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउन महिलाको भूमिका अतुलनीय रहने बताउँदै आगामी दिनमा लैङ्गिक विभेदको खाडललाई अन्त्य गराउने उद्घोष गर्नुभयो । महिलालाई आर्थिकरुपमा सक्षम र सबल बनाउन वर्तमान सरकारले महिलामैत्री कार्यलाई लागू गर्ने तयारी रहेको बताउँदै ४० प्रतिशतभन्दा बढी सहकारीमा महिलाको नेतृत्व रहेको समेत मन्त्री थापाले जानकारी गराउनुभयो ।

उहाँले नेपालमा बढ्दै गएको बलात्कारका विषयमा नेपाल सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा यस्ता प्रकारका आपराधिक क्रियाकलापमा संलग्न रहने जो कोहीलाई कठोर कानून निर्माणको प्रक्रियामा अघि बढिरहेको बताउनुभयो । उहाँले महिलाको श्रम सुनिश्चित गर्ने प्रक्रियामा रहेको बताउँदै श्रम शोषण, मानव बेचबिखन, यौन हिंसालगायत महिलाविरुद्ध हुने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापलाई नेपाल सरकारले आगामी दिनमा पूर्ण रुपमा नियन्त्रण गर्ने आश्वासनसमेत दिनुभयो ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ७ : ४० बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार