२०८२, ३० आश्विन बिहीबार

प्रधानमन्त्री ओली विद्युतीय बसमा सररर.. (फोटोफिचर)

प्रधानमन्त्री ओली विद्युतीय बसमा सररर.. (फोटोफिचर)


काठमाडौँ, ६ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारी साधन प्रर्वद्धनका लागि सरकारले छुट्टै ईकाई नै गठन गर्ने बताएका छन्। मंगलबार ललितपुरको पुलचोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

विद्युतीय बसको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायातले काठमाडौँमा मंगलबारदेखि सञ्चालनमा ल्याएको विद्युतीय बस शुभारम्भ समारोहको उदघाटन गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने लक्ष्य सहित सरकारले काम गरिरहेको भन्दै उनले त्यसका लागि छुट्टै इकाई नै गठन गरेर संचालन गरिने जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायातले काठमाडौँमा मंगलबारदेखि सञ्चालनमा ल्याएको विद्युतीय बसको शुभारम्भ गर्दै ।

त्यसका लागि विद्युतीय यातायात साधन प्रर्वद्धनका लागि लगानी गर्ने सरकारी निकायबीच छलफल भईरहेको पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री ओलीले हालको लागि थोरै संख्यामा विद्युतीय बस संचालन गर्ने प्रयास गरिएको भएपनि यसले दीर्घकालिन रुपमा ठुलो उदेश्य तर्फ संकेत गरेको बताए

प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायातले काठमाडौँमा मंगलबारदेखि सञ्चालनमा ल्याएको विद्युतीय बसको शुभारम्भ गर्दै ।

आफुले अघिल्लो कार्यकालमा नेपालमा वातावरण मैत्री यातायात नीति तर्जुमा गर्नुपर्छ भनेको स्मरण गर्दै उनले विद्युतिय यातायातलाई राष्ट्रिय कार्ययोजनाको रुपमा विकास गरेर अघि लैजाने सवालमा विद्युतीयबस संञ्चालनलाई सो कार्ययोजनाको सुरुवातको रुपमा आफुले बुझेको बताए।

उनले साझाद्धारा काठमाण्डौ उपत्यकामा संञ्चालन गर्न लागिएको बिजुली बस देशव्यापी रुपमा स्वच्छ उर्जाको रुपमा सबैको ध्यान तान्न सक्षम हुने विश्वास आफुले लिएको बताए। उनले भविश्यमा विद्युतीय बसले मंहगो इन्धनबाट संञ्चालन गर्ने सवारी साधनलाई विस्थापित गर्दै लैजाने बताए।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ७ : २८ बजे

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त

नेप्से घट्दा कारोबारमा सामान्य सुधार

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो

काठमाडौं । भारत र श्रीलंकामा हुने आउँदो टी-२० विश्वकप खेल्ने