२०८२, २ माघ शुक्रबार

‘खशोग्जीको हत्या सुनियोजित भएको टर्कीको दावी’

‘खशोग्जीको हत्या सुनियोजित भएको टर्कीको दावी’


अङ्कारा, टर्की, ६ कात्तिक : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गर्नुभएको छ ।

उहाँले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दावी गर्नुभयोे । उहाँले खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संभावनालाई खण्डन गर्दै उक्त घटनाका सँदिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गर्नुभयो ।

खशोग्जीको शव कहाँ छ र उनको ज्यानलिने गरी भएको कार्वाहीको आदेश कसले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ साउदी अरबबाट आउनुपर्ने जिकिर गर्नुभयो । यद्यपि साउदी अरबले पत्रकारको मृत्यु वाणिज्यदूतावासभित्र भएको पिटापिटका क्रममा भएको बताएकोे छ । उसले युवराज मोहम्मद बिन सलमानको निर्देशन विना सक्रिय एजेन्टहरूलाई त्यसका लागि दोष दिएको छ । वाशिंगटन पोस्ट पत्रिकाका स्तम्भकारको हत्याका निन्दा गर्दै विश्वभरीबाट घटनाका सम्बन्धमा पूर्ण अनुसन्धानको माग भइरहेको छ ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : ४३ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति