२०८२, १० फाल्गुन आईतबार

गाउँपालिकाको सभाकक्ष मुख्यमन्त्रीद्वारा शिलान्यास

गाउँपालिकाको सभाकक्ष मुख्यमन्त्रीद्वारा शिलान्यास


 

दाङ, ५ कात्तिक प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्येक गाउँपालिकामा यस वर्ष सभाहल बनाउन र बहुउद्देश्यीय खेल मैदान बनाउनका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताउनुभएको छ ।

पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा सभाकक्षको एक समारोहबीच आज शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेललेसभाहल र बहुउद्देश्यीय खेल मैदानका लागि आवश्यक पर्ने जमीन भने गाउँपालिकाले नै व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले निकट भविष्यमा बबई गाउँपालिकालाई नगरपालिका बनाउन सकिने बताउँदै सोही बमोजिम संरचना निर्माण र जग्गा व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

बबई गाउँपालिका दाङको विकट ठाउँका रुपमा परिचित भए पनि पछिल्लो समय विकासले गति लिएको बताउँदै मुख्यमन्त्री पोखरेलले खेतीपातीका लागि जमीन भाडामा लिनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : ४८ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार