२०८२, १७ चैत्र बुधबार

स्याङ्जामा जिप दुर्घटना: एकको मृत्यु, १९ घाइते

स्याङ्जामा जिप दुर्घटना: एकको मृत्यु, १९ घाइते


वालिङ, ४ कात्तिक: स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने सङ्गीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ कार्तिक आईतबार  ५ : ४३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा