२०८२, २ चैत्र मंगलबार

राष्ट्रपतिलाई जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

राष्ट्रपतिलाई जेलमै अन्तर्वार्ता, अदालतको अनुमति


ब्राजिल, १३ असोज कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ ।

देशको सर्वोच्च अदालतले उहाँलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो ।

ब्राजिलको अत्यन्त लोकप्रिय दैनिक पत्रिका “फोल्हा डे साओ पाउलो” को पटक पटकको आग्रहपछि न्यायाधिश रिकार्डो लेवान्डोवस्कीले यस्तो आदेश दिनु भएको समाचारमा जनाइएको छ ।

सो पत्रिकाले मुलुकको दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिलाई सञ्चार माध्यममा बोल्न नदिएर प्रेस स्वतन्त्रतामा बाधा पर्ने तर्क गर्दै अन्तर्वार्ताका लागि अनुमति दिन माग गरेको थियो ।

भ्रष्टाचार गरेको आरोपमा पूर्व राष्ट्रपति लुलालाई गत अप्रिल देखि करावासमा राखिएको छ ।शुक्रबारको आदेशसँगै लोकप्रिय पूर्व राष्ट्रपति लुलालाई सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन बाटो खुलेको छ ।

उहाँलाई सर्वोच्च अदालतले नै भ्रष्टाचार अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको हो । आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको लुलाको दाबी छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  १० : ३२ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका