२०८२, २ मंसिर मंगलबार

राष्ट्रसङ्घद्वारा थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग आग्रह

राष्ट्रसङ्घद्वारा थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग आग्रह


जेरूसेलम, १३ असोज शुक्रबार सीमा क्षेत्रमा भएको झडपमा सात प्यालेष्टिनी नागरिकको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्यमन्त्रीको भनाईपछि इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूलाई राष्ट्रसङ्घले सीमानामा थप क्षति हुनबाट सावधानी अपनाउन शनिबार निर्देशन जारी गरेको छ ।

गाजा क्षेत्रमा भएका प्रदर्शनका क्रममा इजरायली सुरक्षाकर्मीको गोली लागि दुई बालबालिकासहित सात प्यालेष्टिनी नागरिकको मृत्यु र सयौँ अन्य घाइते भएको खबरले म निकै दुःखी भएको छु, प्यालेष्टिनी क्षेत्रमा राष्ट्रसंघीय मानव अधिकार मामिला संयोजक जिम्मी म्याकगोल्डरिकले शनिबार जारी बक्तव्यमा भनिएको छ ।

“सीमा क्षेत्रमा थप मानवीय क्षति र उक्त क्षेत्रको शान्तिका लागि इजरायल, हमास नेता साथै सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छु ।”

शुक्रबारको झडपमा क्रमश १२ र १४ बर्षका दुई बालकसहित सात जनाको मृत्यु भएको थियो । यो गत मे १४ पछि भएकोे सबैभन्दा दर्दनाक घटना हो । मे यता उक्त क्षेत्रमा मृत्यु हनेको सङ्ख्या ६० पुगेको छ ।

अमेरिकाले जेरूसेलमलाई इजरायली राजधानीको रूपमा मान्यता दिएपछि यसको विरोधमा उत्रिएका प्यालेष्टिनीहरूले अमेरिका तथा इजरायलविरोधी प्रदर्शन गर्दै आएका छन् ।

इजरायली सेनाले सीमाक्षेत्रमा करिब २० हजार मानिस भेला भई इजरायली सुरक्षाकर्मी तथा सीमाबारलाई लक्षित गरी विस्फोटक पदार्थले आक्रमण शुरू गरेपछि सेनाले केही क्षेत्रमा बल प्रयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  १० : १६ बजे

पौडेलको चेतावनी “भदौ २३–२४ का घटना देशलाई प्रतिगमनतर्फ धकेले”

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३

एमाले केन्द्रीय संगठन विभागको बैठक आज च्यासलमा सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज च्यासलस्थित

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग

काभ्रे। खानीखोला गाउँपालिका-७ मा अवस्थित जनहित माध्यमिक विद्यालयले आफ्नो ३१औँ

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा