२०८२, २ चैत्र मंगलबार

राष्ट्रसङ्घद्वारा थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग आग्रह

राष्ट्रसङ्घद्वारा थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग आग्रह


जेरूसेलम, १३ असोज शुक्रबार सीमा क्षेत्रमा भएको झडपमा सात प्यालेष्टिनी नागरिकको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्यमन्त्रीको भनाईपछि इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूलाई राष्ट्रसङ्घले सीमानामा थप क्षति हुनबाट सावधानी अपनाउन शनिबार निर्देशन जारी गरेको छ ।

गाजा क्षेत्रमा भएका प्रदर्शनका क्रममा इजरायली सुरक्षाकर्मीको गोली लागि दुई बालबालिकासहित सात प्यालेष्टिनी नागरिकको मृत्यु र सयौँ अन्य घाइते भएको खबरले म निकै दुःखी भएको छु, प्यालेष्टिनी क्षेत्रमा राष्ट्रसंघीय मानव अधिकार मामिला संयोजक जिम्मी म्याकगोल्डरिकले शनिबार जारी बक्तव्यमा भनिएको छ ।

“सीमा क्षेत्रमा थप मानवीय क्षति र उक्त क्षेत्रको शान्तिका लागि इजरायल, हमास नेता साथै सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छु ।”

शुक्रबारको झडपमा क्रमश १२ र १४ बर्षका दुई बालकसहित सात जनाको मृत्यु भएको थियो । यो गत मे १४ पछि भएकोे सबैभन्दा दर्दनाक घटना हो । मे यता उक्त क्षेत्रमा मृत्यु हनेको सङ्ख्या ६० पुगेको छ ।

अमेरिकाले जेरूसेलमलाई इजरायली राजधानीको रूपमा मान्यता दिएपछि यसको विरोधमा उत्रिएका प्यालेष्टिनीहरूले अमेरिका तथा इजरायलविरोधी प्रदर्शन गर्दै आएका छन् ।

इजरायली सेनाले सीमाक्षेत्रमा करिब २० हजार मानिस भेला भई इजरायली सुरक्षाकर्मी तथा सीमाबारलाई लक्षित गरी विस्फोटक पदार्थले आक्रमण शुरू गरेपछि सेनाले केही क्षेत्रमा बल प्रयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  १० : १६ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका