२०८३, २ श्रावण आईतबार

अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन : सञ्चारमन्त्री बाँस्कोटा

अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन : सञ्चारमन्त्री बाँस्कोटा


काभ्रे , १३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन नसक्ने बताउनुभएको छ ।  काभे्रपलाञ्चाकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन, उसलाई कुनै क्षमा पनि हुँदैन ।” उहाँले नेपाली समाजका केही पुरुष र महिलाका कारण पनि समाज विकृत बन्दै अपराधिक घटना घटेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सूचना–प्रविधिको विकाससँगै विकृत रुपमा आएको अश्लील साइटले आपराधिक घटनामा बढोत्तरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपराधिक घटना घटाउन अश्लील साइटले उत्पे्ररित ग¥यो, यसकारण आठ हजार अश्लील साइट बन्द गरिसक्यौँ ।” समाजका सबै सभ्य नागरिक भए कुनैपनि अपराधिक घटना नहुने भएकाले प्रत्येक नागरिक स्वाभिमानपूर्वक आफ्ना गतिविधि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा मात्रै नागरिक खराब भए समाजिक जीवनशैली बिग्रन्छ, त्यसैले पनि नागरिक चरित्रवान् बन्नु जरुरी छ ।”

मन्त्री बाँस्कोटाले मुलुकका अझैपनि ६९ गाउँपालिका टेलिफोनविहीन रहेकाले एक वर्षभित्र ती क्षेत्रमा सञ्चार सेवा पु¥याउनुपर्ने आफ्नो जिम्मेवारी भएको बताउनुभयो । मन्त्री बास्कोटाले आजै बनेपा नपा–६ बुडोलमा अवस्थित काभे्र बहुमुखी क्याम्पसमा रहेको वाङ्मय पुस्तकालयका लागि क्याम्पस व्यवस्थापन समितिका सदस्य राजभाई प्रधानद्वारा व्यक्तिगत रुपमा रु ४५ लाखको लागतमा निर्मित दिव्यलक्ष्मी स्मृति भवनको शिलान्यास पनि गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ९ : १० बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित