२०८३, ३० असार बुधबार

बनेपा महोत्सव : भद्रगोल र अब्यस्थित

बनेपा महोत्सव : भद्रगोल र अब्यस्थित


काभ्रेको बनेपामा जारी बनेपा महोत्सव यसअघि वर्षहरूमा काभ्रे जिल्लामै सञ्चालन भएका भन्दा पनि निकै भद्रगोल र अब्यस्थित देखिएको छ ।

बिहीबारबाट सुरु भएको महोत्सव २१ असोजसम्म चल्छ । तर आयोजक बनेपा ब्वाइज क्लबले महोत्सव स्थल सहि ठाउँमा छनौट गर्न नसक्दा भद्रगोल र अब्यस्थित बन्न पुगेको हो ।

साँघुरो ठाउँ । ठाउँको तुलनामा स्टलहरु धेरै । अनि आयोजकले देखेका धेरै दर्शक ।

बनेपा जनसंख्याको हिसाबले ठूलो नगरपालिका हो । यहाँ बनेपाका रैथाने मात्रैको बसोबास छैन् । कोशीपारी, डाँडापारी देखि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओलढुंगा, सिन्धुली लगायतका जिल्लाबाट समेत आएर बसोबास गर्नेको संख्या उलेख्य छ । त्यसैले त बनेपालाई ब्यापारिक केन्द्र भनिएको हो ।

तर आयोजकले यी कुराहरुलाई पुरै ब्यवास्ता गरेको पाइन्छ । दर्शकहरुलाई आवात जावात गर्ने बाटो एउटै छ । जनसंख्या अनुसार आवात जावात गर्ने ठाउँको पर्याप्त ब्यवस्था गरिएको छैन् । यति भुकम्प लगायतका विपद् आइ हाल्यो भने महोत्सव स्थलबाट बाहिरीने आपत्कालिन कुनै ठाउँ राखेको छैन आयोजकले ।

हल्ला धेरै, काम शुन्य
दशैको मुखैमा आयोजना गरिएको बनेपा महोत्सवमा कपडा र भाडाँकुडा बाहेक अन्य स्टल देख्न मुस्किल पर्छ । मेला, महोत्सवहरुको सामान्य सिद्धान्त भनेको जिल्लामा उत्पादन भएर प्रचारप्रसार र बजार नपाएका चीज, बीजलाई पहिलो प्राथमिकता दिनु हो ।

तर आयोजकले यसलाई पुरै ब्यवास्ता गरेको छ । महोत्सव हुनु भन्दा अघि गरिएको पत्रकार सम्मेलनमा दशै लक्षित बजार र स्थानीय उत्पादनले मूख्य प्राथमिकता पाउने आयोजकले दाबी गरेको थियो । महोत्सव स्थलमा पुग्दा बत्ती बालेर खोज्दा पनि स्थानीय उत्पादनका स्टल भेटिन मुस्किल छ ।

दशैँलाई लक्षित गरि आयोजना गरिएको महोत्सवमा कपडा र भाडाँकुडामा मात्रै किन्ने हो ? दशैँमा बढी प्रयोग गरिने मसलाको स्टल नै छैन् ।

स्टलको ठेक्का गोरेटो इभेन्ट ग्रुप काठमाण्डौलाई दिइएको छ । तर स्टलको ब्यवस्थापन खास गतिलो छैन् । पानी परिहाल्यो भने चुहिएर सामान भिज्ला भनेर ब्यापारिहरु चिन्तित देखिन्छन् ।

उभिनलाई टिकट
बनेपा महोत्सवले पनि दर्शकलाई घण्टौँ उभ्याउने परम्पराको अन्त्य गर्न सकेन् । महोत्सव हेर्न सबै खालका दर्शक आइपुग्छन् । तर आयोजकले फरक क्षमता भएका, बृद्धबृद्धा, स साना बालबच्चा लिएर आएका दर्शकलाई बस्ने एउटा पनि मेचको ब्यवस्था गरेको छैन् ।

५० र ३० रुपैयाँको टिकट काटेर महोत्सव स्थल प्रवेश गरेका दर्शकहरु घण्टौँसम्म उभिएरै कलाकारहरुको प्रस्तुति हेरिरहेका थिए । आयोजकलाई प्रश्न स्टलको सामान हेर्न र किन्नलाई मात्रै हो टिकट ?

दर्शकलाई पाका, स्पोन्सरलाई काखा
मेला, महोत्सव स्पोन्सरले मात्रै चल्दैन् । बरु दर्शकको संख्या धेरै भयो भने चल्न सक्छ । स्पोन्सरको आवश्यकता पर्दैन । तर बनेपा महोत्सवमा स्पोन्सरको चकडी धेरै र दर्शकलाई ब्यवस्ता गरेको प्रष्टै देखिन्छ ।

कार्यक्रम सञ्चालकले एक घण्टाकाे अवधिमा स्पोन्सरको नाम पटक, पटक लिन्छन् । रेडियोमा विज्ञापन नै बजाए झैँ स्पोन्सरको नालीबेली भनिरहेका हुन्छन । उनीहरुलाई फूलमाला लगाएर मञ्चमा स्वागत गरिन्छ । तुल, ब्यानरमा पनि उनीहरूकै नाम हुन्छ । तर टिकट काटेर भित्र छिरेका दर्शक फोहोर भूईमै बस्न बाध्य छन् । पानीको गिजगिज हिलोमै दर्शकहरु उभिनु परेको छ ।

कलाकार देख्नै मुस्किल
आवात जावात देखि स्टलको आकार प्रकारमा समेत चुकेको आयोजक मञ्च निर्माणमा झनै बढी चुकेको देखिन्छ ।

आफुलाई मन पर्ने कलाकार आएपछि उनको बोली मात्रै होइन् । शारीरिक हाउभाउ पनि हेर्ने मन दर्शकको हुन्छ । तर यो पटक मञ्च निर्माणमा सामान्य ध्यान नदिन घाटीँ तन्क्याइ, तन्क्याइ कलाकार हेर्न दर्शक बाध्य छन् ।

मञ्च अग्लै ठाउँमा बनाउने कोशिस गरिएको छ । तर मञ्च भन्दा अघिको थोरै अग्लो भागको राम्रो ब्यवस्था नगरिदिदाँ कम उचाई भएका दर्शक मारमा परेका हुन् ।

बनेपा महोत्सव आयोजक मूल समिति बनेपा ब्वाइज क्लबले यसअघि पनि महोत्सव गरिसकेको छ । तर त्यहाँबाट पनि कुनै पाठ सिकेर नयाँपन दिन नसक्नुलाई भने आश्चार्य नै मान्नुपर्छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ८ : ३६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै