२०८२, १० फाल्गुन आईतबार

मेलम्ची–थाङपालधाप सडकमा ६४ करोडको ठेक्का प्रक्रिया शुरु

मेलम्ची–थाङपालधाप सडकमा ६४ करोडको ठेक्का प्रक्रिया शुरु


मेलम्ची, १३ असोज सिन्धुपाल्चोकको मेलम्ची– थाङपालधाप सडकको ठेक्का प्रक्रिया शुरु भएको छ । पन्ध्र किलोमिटर सडकखण्डका लागि रु ६४ करोड बजेट विनियोजन गरिएको छ । रकम विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।

वहुवर्षीय योजनाअन्तर्गत मेलम्चीदेखि धापसम्मको सडकखण्ड फराकिलो पारी स्तरोन्नति गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले पाँचपोखरी क्षेत्रको मेलम्ची–भोताङ मोटरबाटो मेरुदण्ड जस्तै भएको र सो सडक निर्माणका लागि बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले धाप–भोताङ सडकखण्डका लागि बजेट व्यवस्थापन गर्ने, मेलम्ची, केउरिनी, बाँसखर्क, बरुवा, याङ्री सडकको बजेट थप गर्ने, दुवाचौर, बाँसखर्क, बरुवा सडकको बजेट थप गर्ने तथा पाँच पक्कीपुल र पाँचपोखरी केबलकार निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।

वर्षात्को समयमा पैदल आवतजावत गर्नसमेत मुश्किल पर्ने सो सडकखण्डको स्तरोन्नति भए मेलम्ची नगरपालिकाको ज्यामिरे लगायत पाँचपोखरी थाङपाल गाउँपालिकाका करीब २० हजार बासिन्दालाई यातायातको सुविधा पुग्नेछ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ६ : २८ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार