२०८३, २१ श्रावण शुक्रबार

काभ्रेको रेडियो नमोबुद्ध १३ औँ बर्षमा प्रवेश

काभ्रेको रेडियो नमोबुद्ध १३ औँ बर्षमा प्रवेश


धुलिखेल, १२ असाेज: काभ्रेको धुलिखेलबाट प्रसारण भइरहेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्ज १३ वर्षमा प्रवेश गरेको छ ।

जुगल एशोसियसन अफ नेपालले २०६४ साल असोज १२ गतेबाट काभ्रे लगायत राजधानी पूर्वका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियोका रुपमा रेडियो नमोबुद्धले आफ्नो नियमित प्रसारण शुरु गरेको थियो ।

१३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार रेडियोले विशेष कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष भक्त स्याङतानले रेडियोले आफ्नो स्थापना काल देखि नै समुदायलाई आवश्यक पर्ने सुचना दिइरहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । ‘शान्त, समृद्ध र समावेश नेपालको बेग्लै आवाज भन्ने नारा लिएर स्थापना भएको रेडियोले समाजलाई त्यहि बाटोमा डोहोर्याउन सहयोगी भूमिका निर्वाह गरेको छ, अध्यक्ष स्याङतानले भने ‘रेडियोले बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दैँ स्रोताको इच्छा, रुचि र चाहाना अनुसारको सुचना, कार्यक्रम प्रसारण गर्ने छ ।’

हाल दैनिक १३ घण्टा प्रसारण भइरहेको रेडियोले समुदाय केन्द्रित कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आइरहेको रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिए । ‘रेडियोको माध्यमबाट समाजमा भइरहेका गतिविधि सत्य, निष्पक्ष र यथार्थ परक ढंगले आम स्रोता माज पुर्याउने हाम्रो दायित्वबाट हामी कहिल्यै पछि हड्ने छैनौँ, उनले भने ‘राजनीतिक परिवर्तन देखि विपद्का बेला समेत रेडियोले उचित भूमिका खेलेर काभ्रे लगायत आसपासका नागरिकलाई सुशुचित बनाउन पहरेदारको काम गरेको छ ।’

 

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ७ : ३० बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार