२०८२, ७ चैत्र आईतबार

धार्मिकस्थल कैलाशधाममा लिफ्टबाट खानेपानी

धार्मिकस्थल कैलाशधाममा लिफ्टबाट खानेपानी


कावासोती, ११ असोज नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पु¥याइएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो । कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको रु २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट चन्दा सहयोग गरी रु ४७ लाखकोे लागतमा खानेपानी व्यवस्था गरिएको हो ।

गण्डकी प्रदेश र प्रदेश ५ को सीमा दाउन्ने पहाडमा रहेको सो स्थलमा दुई किलोमिटर दूरीको धुञ्चेखोला मुहानबाट पानी ल्याइएको हो । धुञ्चेको मुहानबाट ७७० मिटरको दूरीको शिवपुरी डा“डासम्म तानेर धाम परिसरमा पानी ल्याइएको हो । लिफ्टको प्रयोग भने २८२ मिटर उचाइमा पानी ल्याउन गरिएको छ ।

शिवपुुरी डा“डामा २५० वाट क्षमताका १६ वटा सौर्य प्यानल जोडिएको छ । चार हर्स पावरको मोटरले २८२ मिटर तल जमिन सतहबाट पानी तानेर शिवपुरीसम्म ल्याइएको मन्दिरका सल्लाहाकार संयोजक शालिकराम पौडेलले बताउनुभयो । दाउन्ने बजारबाट करीब ४० मिनेटको उकालो चढेपछि मन्दिर परिसरमा पुगिन्छ ।

खानेपानीको सुविधा नहुँदा यहा“ आउने भक्तजन र पुजारीले आकाशको पानी सङ्कलन गरी प्रयोग गर्ने गरेका थिए । परमानन्द सन्या आश्रम ट्रस्ट कैलाशधाम दाउन्नेले गाउँपालिकासँग आग्रह गरी र अन्य सहयोग सङ्कलन गरेर खानेपानीको व्यवस्था गरेको हो ।

अझै शिवपुरीको डा“डामा पानी वितरण ट्याङ्की निर्माण गर्नुपर्ने भएपनि बजेट नहँुदा सिधै पानी वितरण गरिएको पौडेलले बताउनुभयो । दैनिक सयौँ धार्मिक पर्यटक आउने यहाँ भारतबाट समेत पूजाअर्चनाका लागि भक्तजन आउने गर्दछन् ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ३ : ०३ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको