२०८३, ९ भाद्र बुधबार

चुरोट सेवन गर्नुहुन्छ ? त्याग्नुहोस् हृदयाघात हुन सक्छ । त्याग्ने उपायहरु अपनाउनुहोस्

चुरोट सेवन गर्नुहुन्छ ? त्याग्नुहोस् हृदयाघात हुन सक्छ । त्याग्ने उपायहरु अपनाउनुहोस्


काठमाडौँ, ९ असोज : चुरोट स्वास्थ्यका लागि हानिकारक छ, जुन कुरा सबैलाई थाहा भएकै कुरा हो । सबैलाई थाहा भए पनि दुःखको कुरा चुरोट तान्नेहरूको संख्या भने झन् बढ्दो छ । चुरोटले हाम्रो शरीरका सबैजसो अंगमा असर गर्छ । चुरोट सेवन गर्ने ३० देखि ५० वर्षसम्मका व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँच गुणा बढी हुन्छ । मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धूम्रपानका कारण हुने विभिन्न अनुसन्धानले देखाएको छ ।

यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना बढाउँछ ।

धूम्रपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ ।

सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।

मुटुको रक्तनली साँघुरो बनाउँछ ।

चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।

चुरोट सेवन गर्नेमा हृदयाघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।

यी सबै कारणले रक्तसञ्चारमा बाधा पु¥याई हृदयाघात गराउँछ ।

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ ।

महिलाले सुर्ती सेवन गरे बाँझोपना बढ्ने, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने तथा बच्चाको अचानक मृत्यु हुने सम्भावना हुन्छ ।

हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि भाँचिन सक्छ ।

फोक्सोमा क्यान्सरः चुरोट सेवनले फोक्सोमा भयावह स्थिति पैदा गर्छ । चुरोट सेवन गर्ने

मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसभन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मिर्गौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।

चुरोट छाड्दा हुने फाइदा

चुरोट सेवन बन्द गर्नेबित्तिकै हृदयाघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।

केही अध्ययनले चुरोट छाडेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएका छन् ।

केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।

बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।

रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।

स्वाद र सुँघ्ने क्षमतामा सुधार आई खाना बढी रुचाउँछ ।

शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।

चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पु¥याउने हुँदा चुरोट बन्द गर्दा अरूको
स्वास्थ्यमा पनि फाइदा पुग्छ ।

कसरी छाड्ने ?

आत्मविश्वास बढाउनुहोस् । दृढ संकल्पविना चुरोट छाड्न सकिँदैन ।

धूम्रपान गर्दा शतप्रतिशत बेफाइदा हुन्छ भन्ने सोच्नुपर्छ ।

निकोटिन प्याक पाइन्छ बजारमा । यसले चुरोट खाने बानी हटाउन

सक्छ । यो खाएपछि बिस्तारै लत हटाउन मद्दत गर्छ ।

बजारमा कृत्रिम चुरोट पनि पाइन्छ । यसमा निकोटिनको मात्रा न्यून मात्रामा हुन्छ । यसले लत लागेको मानिसलाई छाड्न सघाउँछ ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ६ : ११ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा