२०८२, ११ मंसिर बिहीबार

काभ्रेमा रेन्वो यातायात प्रा.लि.को उदय, तेमालमा रेम्बो सरर

काभ्रेमा रेन्वो यातायात प्रा.लि.को उदय, तेमालमा रेम्बो सरर


बनेपा । यातायात सेवा समितिमा सेण्डिकेटको अन्त्य गरेसँगै काभ्रेको दुर्गम पहाडी भेगका यातायात उपभोक्तालाई लक्षित गरी रेन्वो यातायात प्रा.लि.ले सेवा आजबाट शुरु गरेको छ ।

काभ्रेको तेमाल गाउँपालिकाका विभिन्न भेग र बस्तीलाई लक्षित गरी शरु भएको रेन्वो यातायातले नयाँ रुट तय गरी सेवा सञ्चालनमा ल्याएको हो ।

रेन्वोले ५ वटा बस व्यवसायीहरुलाई केन्द्रिकृत गरी प्रा.लि. बनाएको तेमालका स्थानीय सत्यमान लामाले बताए । लामाकाअनुसार बनेपाको भकुण्डे–मंगलटार–काल्ढुंगा–भोज्र्याङ्–भोटेपाटी हुँदै मेच्छेपौवासम्म एउटा रुट तय गरिएको छ भने बनेपाबाटै भकुण्डे, मंगलटार काल्ढुंगा–लुंसाल–मेच्छे हुँदै टेकानपुरसम्मको रुट परमिट लिएर आजबाट सञ्चालनमा ल्याइएको छ ।

                      समितिले निर्धारण गरेको भाडादर

यो यातायात प्रा.लि.को सेवा सुचारु भएसँगै तेमाल भेगका स्थानीयको जीवनस्तर सुधारमा सहयोग त हुनेछ भने यस भेगमा उत्पादन भएका किसानका तरकारी, स्थानीयका आवतजावतमा सहजता हुने भएको छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : ४२ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री