२०८३, १४ श्रावण शुक्रबार

पानी कति पिउने र कसरी पिउने ?

पानी कति पिउने र कसरी पिउने ?


पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् । शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ।

पानी पिउनु किन आवश्यक ?
शरीरले क्रियाहरू गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने कही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ।

शरीर भित्रका हरेक क्रियाहरूको लागी पानी अत्यन्त आवश्यक छ । पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पु¥याउने काम गर्दछ । प्रत्येक कोषिकाहरूमा हुने क्रियाहरु पानीकै साहायतामा हुन्छन् । यी क्रियाहरुबाट निस्कने बिकारहरु पानीले नै विसर्जन अङ्गहरूमा पु¥याउँछ र शरीर बाहिर निस्कासन हुन्छ । पानीको अभावमा यी सारा प्रक्रियाहरू अवरुद्ध हुन्छन् जसले गर्दा हामीलाई रोग लाग्दछ । त्यसैले दीर्घकालसम्म स्वस्थ रहनलाई प्रयाप्त पानी पिउनु पर्दछ।

पानीको सेवनले शरीरलाई सक्रिय बनाउँछ । पाचनतन्त्रलाई स्वस्थ र सबल बनाउँछ; रक्त सञ्चारमा सुधार ल्याउँछ; मृगौलालाई सक्रिय बनाउँछ।  पानीले शरीरभित्र रहेका हानीकारक तत्त्वहरूलाई नष्ट गर्ने कलेजोको काममा मद्दत गर्दछ ।

पानी कति पिउने त ?
शरीरले आफ्नो क्रियाहरु गर्दा पानीकोे प्रयोग गर्नुको साथै शरीरलाई राम्रो परिस्थितिमा राख्न विभिन्न अङ्गहरूबाट केही मात्रामा पानी शरीर बाहिर निस्कासन गर्दछ । साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मि.लि, पिसाबबाट १५०० मि.लि गरि लगभग २.३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ ।

शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक छ । तसर्थ कुनै काम नगरी बस्दापनि २.३ लिटर पानी नित्य पिउँनै पर्दछ । कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ । जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ ।

पानी सेवन सम्बन्धी नियमहरू
सफा र स्वच्छ पानी पिउनु पर्दछ ।
अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हँुदैन ।
पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।

एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन । १ घण्टामा १ गिलासको (२५० मि.लि) दरले पानी पिउन सकिन्छ। दिनको ३–४ लिटर पानी पिउनु पर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ। खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन । खाना खानुभन्दा १÷२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ । तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन ।

थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ ।

विभिन्न रोगहरूमा पानीको सेवन
उल्टीपछि पेट दुःखेमा तातो पानी पिउनु लाभदायक हुन्छ । अपचको समस्या भए खाना खानु भन्दा ३० मिनेट देखि ४५ मिनेट अगाडि चिसो पानी पिउनाले आमाशयका ग्रन्थीहरू सक्रिय हुन्छन् । इन्जाइम्सहरू राम्रोसित स्रावित हुन्छन् र खाना राम्ररी पच्दछ ।

ज्वरो आएको अवस्थामा चिसो पानी सेवन एकदमै लाभदायक हुन्छ । चिसो पानी पिउनाले शरीरको तापक्रम ०.४ डिग्री सेल्सियसको दरले घट्दछ र धड्कनको चाल पनि घट्दछ । छालाको समस्या भएमा चिसो पानी सेवन अत्यन्त लाभदायक सावित हुन्छ । कब्जियतको समस्या भएमा खाना खानु भन्दा १–१ आधाघण्टा अगाडि २ गिलास चिसो पानी खाने बानी बसाले कब्जियतको समस्या हल हुन्छ ।

बिहान उठ्ने बित्तिक्कै पानी पिउनाले पाचन सम्बन्धी रोगहरूबाट मुक्ति मिल्दछ र मुटुको समस्यामा पनि लाभ मिल्दछ । प्रशस्त पानीको सेवनले सबै रोगहरूमा फाइदा पुर्‍याउँछ ।

नोटः मुटुले राम्ररी काम नगर्ने रोगमा , मृगौलाले राम्ररी काम नगर्ने रोगमा, रगतमा नुनको मात्रा कम हुने र शरीर सुन्निने जस्ता रोगहरूमा चिकित्सकको परामर्श अनुसार पानीको सेवन गर्नुपर्दछ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ९ : ५५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा