२०८३, ८ कार्तिक आईतबार

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना


काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहनुका साथै पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा देखिएको छ ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली भूभागका एक–दुई स्थान र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ ।

तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने भए पनि तराईमा मौसम सामान्यतया सफा रहनेछ ।

वर्षासँगै चट्याङ र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले यात्रा तथा दैनिक कामकाज गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३, १२ आश्विन मंगलबार  ७ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना