२०८२, ४ माघ आईतबार

बेगनास तालमा मेसिन पल्टियो, दुई घाइते

बेगनास तालमा मेसिन पल्टियो, दुई घाइते


लेखनाथ, ६ असोज: बेगनास तालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जाना घाइते भएका छन् । बेगनास तालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन् ।

आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुङ्गा व्यावसायिक समितिका अध्यक्ष सोमराज कँडेलको अहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ । मेसिनमा भार बढी भएकाले दुर्घटना भएको हुनसक्ने उद्धारकर्मी एवं स्थानीय कर्णबहादुर दुराले बताउनुभयो ।

पोखराको फेवातालमा जलकुम्भी सफा गर्न प्रयोग गरिँदै आएको मेसिन बेगनास तालमा जलकुम्भी फाल्न प्रयोग गर्न ल्याइएको हो । दुर्घटनामा पोखरा ३१ का वडाअध्यक्ष कमलबहादुर थापा, वडा सदस्य विष्णुबहादुर भुजेल, वडा नं ३१ का इञ्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुङ्गा व्यावसायिक समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यावसायिक समितिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी जलकुम्भी फाल्ने मेसिनमा रहे पनि उनीहरुको सकुसल उद्धार गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : ५८ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई