२०८२, ५ कार्तिक मंगलबार

प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते


बाजुरा, ५ असोज: अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूको थियो ।

मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस चलाएको प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए । प्रहरी निरीक्षक रावतले नगरपालिकाको भवनभन्दा माथिबाट ढुङ्गा र सिसा प्रहार गरेकाले हुललाई शान्त पार्न हवाइफायर गरिएको बताउनुभयो । ढुङ्गा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएका उहाँले जानकारी दिनुभयो ।

सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । चालकले आह्वान गरेको बन्दका कारण बाजुरा, अछामलगायत बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्ला बाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ८ : ५१ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,