२०८२, ७ चैत्र आईतबार

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा


काठमाडौँ, ४ असोज : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, “यो घटनालाई मैले गम्भीररुपमा लिएको छु, अपराधी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याइछाड्छौँ ।” उहाँले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रस्ट पार्नुभयो । मन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयवासीलाई संयमित हुनसमेत आग्रह गर्नुभयो ।

सङ्गठनका प्रतिनिधिले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षदेखि भइरहेका आक्रमणकै शृङ्खलाका रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिनुभयो । मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर हुनुपर्नेमा पनि उनीहरुले जोड दिनुभयो । अज्ञात समूहले अन्सारीलाई आज सुनसरीको भुताहामा गोली हानी हत्या गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ७ : ४० बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको