२०८२, ९ भाद्र मंगलबार

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर


काठमाडौं, असोज ४ :नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ । आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् ।

आइपिओ निष्कासन गर्न आवेदन दिने १७ कम्पनीमध्ये १३ जलविद्युत् कम्पनी, २ लघुवित्त कम्पनी, १ इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक रहेका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख कित्ता निष्कासन गर्न गर्जाङ उपत्यका हाइड्रोपावरले २०७३ असोज १४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डले कम्पनीलाई क्रेडिट रेटिङ पत्र देखाउन २०७४ वैशाख १३ गते अनुरोध गरेको छ । लाफिङ बुद्ध पावर नेपाल लिमिटेड र युनिक हेडल कम्पनीले आइपिओ निष्कासनका लागि २०७४ जेठ ३१ गते बोर्डमा आवेदन दिएका थिए ।

यी दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गर्न अनुमति मागेका हुन् । लाफिङ बुद्धले सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा ९ लाख ७८ हजार कित्ता र युनिक हेडलले एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा ५ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने बोर्डसँग अनुमति मागेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ६ : ४६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको