२०८३, ६ जेष्ठ बिहीबार

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर


काठमाडौं, असोज ४ :नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ । आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् ।

आइपिओ निष्कासन गर्न आवेदन दिने १७ कम्पनीमध्ये १३ जलविद्युत् कम्पनी, २ लघुवित्त कम्पनी, १ इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक रहेका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख कित्ता निष्कासन गर्न गर्जाङ उपत्यका हाइड्रोपावरले २०७३ असोज १४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डले कम्पनीलाई क्रेडिट रेटिङ पत्र देखाउन २०७४ वैशाख १३ गते अनुरोध गरेको छ । लाफिङ बुद्ध पावर नेपाल लिमिटेड र युनिक हेडल कम्पनीले आइपिओ निष्कासनका लागि २०७४ जेठ ३१ गते बोर्डमा आवेदन दिएका थिए ।

यी दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गर्न अनुमति मागेका हुन् । लाफिङ बुद्धले सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा ९ लाख ७८ हजार कित्ता र युनिक हेडलले एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा ५ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने बोर्डसँग अनुमति मागेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ६ : ४६ बजे

हुम्ला-बाजुरा सीमा विवाद: राजमार्ग अवरुद्ध, संसदमा कडा प्रश्न

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद पुनः चर्किँदा

संसद बैठकमा निर्वाचनदेखि विकास वित्तसम्मका विधेयक पेश हुने

काठमाडौँ । प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे सिंहदरबार

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अमेरिका-पश्चिमलाई चुनौती दिने नयाँ धुरी ? गहिरिँदै चीन-रूस सम्बन्ध

काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा