२०८२, २१ कार्तिक बिहीबार

संविधान दिवसको विरोध गर्ने बिस जना पक्राउ

संविधान दिवसको विरोध गर्ने बिस जना पक्राउ


परासी, ३ असोज: संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलाशपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

दिउँसो करीब २ बजेको समयमा संविधानको विरोध गर्दै जुलुस निकाल्ने तयारी गरिरहेको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ गरिएका सिके राउतका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ७ : ३२ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर