२०८२, ४ कार्तिक सोमबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ, ०२ असोज: नेपाल आयल निगमले आज सोमबार रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो ।

सोमबारदेखि गरिएको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारको मूल्य वृद्धिपछि पनि पेट्रोलमा २.९२ र डिजलमा २ रूपैयाँ प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ।

निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य वृद्धि नभएको जनाएको छ । मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ । मूल्य नबढाइए पनि एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९.७९ रुपैयाँ घाटा रहेको गोइतले बताए । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउने गरेको छ । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५-१५ दिनमा मूल्य समायोजन गरिरहेको छ ।

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ६ : ३६ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,