२०८३, २८ श्रावण शुक्रबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ, ०२ असोज: नेपाल आयल निगमले आज सोमबार रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो ।

सोमबारदेखि गरिएको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारको मूल्य वृद्धिपछि पनि पेट्रोलमा २.९२ र डिजलमा २ रूपैयाँ प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ।

निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य वृद्धि नभएको जनाएको छ । मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ । मूल्य नबढाइए पनि एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९.७९ रुपैयाँ घाटा रहेको गोइतले बताए । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउने गरेको छ । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५-१५ दिनमा मूल्य समायोजन गरिरहेको छ ।

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ६ : ३६ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय