२०८३, ४ श्रावण मंगलबार

फस्टायो नुवाकोटमा अबैध यौनधन्दा, होटेल सञ्चालकसहित पाँच पक्राउ

फस्टायो नुवाकोटमा अबैध यौनधन्दा, होटेल सञ्चालकसहित पाँच पक्राउ


काठमाडौँ १ असोज :  नुवाकोटको जिल्लाको विदुरमा अबैध यौनधन्दा फस्टाउन थालेको छ । अबैध रूपमा चल्दै आएको यौन धन्दालाई नियन्त्रण गर्न जिल्ला प्रहरीले अभियान चलाउन थालेको छ ।

प्रहरीको अभियानकै क्रममा विदुरबाट दुई महिलासहित पाँचजना पक्राउ गरेका छन् । प्रहरीले अभियानको क्रममा तीन महिलाको उद्धार गरेको प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताएका छन् ।

पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । कुँबरका अनुसार गाउँघरमा आर्थिक समस्यामा परेर घरायसी खर्च जुटाउन रोजगारी खोज्दै आएका ती युवतीहरुलाई यौनधन्दामा लगाएको तथ्य फेलापारिएको छ ।

रोजगारीको खोजीमा रहेका २१, १५ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै पीडितहरुलाई देहव्यापारमा लगाइएको फेला परेपछि होटेल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरिएको छ ।

महिलालाई यौनकार्यमा लगाएको अभियोगमा बिदुर नगरपालिका–२ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका–३ की ४० वर्षीया सुवानी लामा, बिदुर नपा–१२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नपा–१२ का २२ वर्षीय रमेश अर्याल र विदुर नपा–५ का ४० वर्षीय सुरेन्द्र कुमाललाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ११ : ०३ बजे

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय