२०८२, १ माघ बिहीबार

जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु


सोलुखुम्बु, १ असोज :काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर्ष ७५ की हुसेक आन सिरिल्य रहेको प्रहरी चौकी घुर्मीका प्रहरी नायब निरीक्षक विन्देश्वर रावतले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा सोलुखुम्बु नेलेका इन्द्र बस्नेत, सरस्वती बस्नेत, ओखलढुङ्गा श्रीचौरका तोकबहादुर तामाङ, काठमाडौँ कागेश्वरी–५ मनोहराका मनोज रोका, कीर्तिपुरका सिर्जन बस्नेत, जोरपाटीका यान्धेन लामा र बाराका अर्जुन पाण्डे रहेका छन ्। ना१ज ७९६९ नम्बरको सो जीपमा चालकसहित दुई विदेशी र छ जना नेपाली नागरिक सवार थिए । जीप सडकबाट करीब सय मिटर तल खसेको प्रहरीले जनाएकोे छ । घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : ०८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा