२०८३, २२ बैशाख बुधबार

थाइल्याण्डमा नेपाली पर्यटक बढ्दै

थाइल्याण्डमा नेपाली पर्यटक बढ्दै


थाइल्याण्ड, १ असोज : नवलपरासीका सन्तोष न्यौपाने यतिबेला परिवारको साथमा पटाया शहरमा घुमघाममा व्यस्त हुनुहुन्छ । पटाया नजिकैको समुन्द्र किनारमा पोखराका सुजन पोखरेललगायतको पाँच जनाको समूह आनन्द लिइरहेको थियो । सन्तोष र सुजन मात्र होइनन्, पछिल्लो समय थाइल्याण्ड नेपालीका लागि पर्यटकीय गन्तव्य बनेको छ ।

नेपालीको महान पर्व दशैँ र तिहार आउँदै गर्दा पछिल्लोपटक नेपाली नागरिक घुम्नका लागि थाइल्याण्ड आउने क्रम बढ्दै गएको छ । नेपालबाट र विश्वका अन्य देशबाट पर्यटकीय आनन्द लिनका लागि दैनिक लाखौँ मानिस थाइल्याण्ड घुम्न आउने गर्छन् । यसरी नेपाली र विश्वका मानिसहरु थाइल्याण्ड जानुका कारण त्यहाँको आकर्षण स्थान, विश्व प्रख्यात थाई मसाज र यौन आनन्द हो ।

पछिल्लोपटक थाइल्याण्डका लागि दैनिक करीब ५०० वटा प्रवेशाज्ञा लिएकामध्ये करीब ३०० वटा पर्यटन प्रवेशाज्ञा लिने गरेको नेपालका लागि थाइल्याण्ड राजदूतावासले जनाएको छ । करीब रु ४०÷५० हजारमै थाइल्याण्ड घुम्न जान पाइने भएकाले नेपालीमा थाइल्याण घुम्नु एक संस्कृति जस्तै बन्दै गएको छ ।

थाइल्याण्डमा पर्यटकका लागि घुम्ने मुख्य ठाउँ फुकेट सिटी, सिफी इसल्यान, बैँकक, छिङमाई, पाइ, कान्छाना बुरी, खाओसो नेशनल पार्क र लामपाङ हुन् । थाइल्याण्ड सरकारले पताया क्षेत्रलाई छुट्टै ‘रेड एरिया’ यौन व्यवसाय क्षेत्र छुट्याएर यौन व्यवसायलाई छूट दिएको छ ।

जहाँ सहनै आफूलाई मन परेका युवती र युवकसँग यौन सम्पर्क राख्न सकिन्छ । यही यौन व्यवसायले गर्दा पनि थाइल्याण्ड सरकारले लाखौँ मात्रामा देश तथा विदेशबाट पर्यटन भित्र्याउन सफल भएको पाइन्छ । थाइल्याण भ्रमणमा रहनुभएका काठमाडौँका कुमार पौडेलले भन्नुभयो,“थाइल्याण्ड अन्य देशको तुलनामा नेपालीका लागि नजिक पनि छ, रमणीय छ, आउन जान, खान बस्न हरेक हिसाबले पैसा पनि सस्तो छ, जे होस् नेपालीका लागि थाइल्याण्ड घुम्नका लागि सबै हिसाबले ठीक छ ।”

थाइल्याण्ड दक्षिण पूर्वमा अवस्थित एक रमणीय अनि रमाइलो र सुन्दर देश हो । थाइल्याण्ड कूल १४ द्वीप मिलेर बनेको छ । थाइल्याण्डमा विशेषगरी बुद्ध (९३ प्रतिशत), इस्लाम (करीब ५ प्रतिशत) र (अन्य २ प्रतिशत) धर्म मान्ने मानिस छन् । थाइल्याण्डको क्षेत्रफल रु पाँच लाख १३ हजार १२० किलोमिटर रहेको छ । पानीको प्रतिशत ०.४ प्रतिशत (दुई हजार २३० किलोमिटर रहेको छ । सन् २०१६ को तथ्याङ्कलाई हेर्दा थाइल्याण्डको जनसङ्ख्या करीब रु ६ करोड ८८ लाख ६३ हजार ५१४ रहेको छ । सन् २०१० मा करीब ६ करोड ४७ लाख ८५ हजार ९०९ थियो । थाइल्याण्डको आम्दानीको मुख्य स्रोत पर्यटन (कूल आम्दानीको २० प्रतिशत) हो ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ८ : ५१ बजे

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन