२०८२, २१ कार्तिक बिहीबार

विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चमा पुनः रिट दायर

विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चमा पुनः रिट दायर


काठमाडौँ, ३१ भदौ : नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्र विश्वकर्माले आज बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त गरी पाउँ भनेर निवेदन दर्ता गराएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।

निवेदनमा एउटै विषयमा पूर्ण अनुसन्धान नै नगरी पटकपटक फरकफरक विषय उठाई थुनामा राखिएकाले बन्दीप्रत्यक्षीरकरणको आदेशमार्फत रिहा गर्न भनिएको छ । योसँगै उहाँका भाइ वीरेन्द्रले पाँचौँपटक विश्वकर्माको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको हो ।

यसअघि सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको निवदेनमा विश्वकर्मालाई भदौ १, ७, १८ र २९ गते सर्वोच्चले छाड्न आदेश दिएको थियो । यसअघिको विश्वकर्माको निवेदनमाथि आदेश दिँदै सर्वोच्चले सरकारलाई सर्वोच्चको आदेशलाई मर्यादित र पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ९ : २१ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर