२०८२, ९ भाद्र मंगलबार

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क


नागार्जुन, काठमाडौँ, ३१ भदौ: नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य चौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा एक क्रेट अण्डा, नौ महिनाको समयमा थप एक क्रेट अण्डा, दन्त मञ्जन एक सेट, आयोडिनयुक्त नून एक प्याकेट, नुहाउने साबुन एक, लुगाधुने साबुन एक र चना एक केजी प्रदान गरिने भीमढुङ्गा स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहयोगी प्रकाश खतिवडाले बताउनुभयो ।

गर्भवती महिलाको पोषणको अवस्थामा सुधार ल्याउन र गर्भवती अवस्थामा आउन सक्ने समस्याको बेलैमा पहिचान तथा उपयुक्त व्यवस्थापन गर्न कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहयोगी खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ७ : ३४ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको