२०८३, ३१ भाद्र बिहीबार

जापानको सुझाव : हिमालको पानी विदेशमा बेचेर पैसा कमाउनू

जापानको सुझाव : हिमालको पानी विदेशमा बेचेर पैसा कमाउनू


काठमाडौँ, ३१ भदौ: जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी बढाउन नेपाललाई सुझाव दिएको छ । नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालको हिमालयमा रहेको पिउन योग्य पर्याप्त पानी निर्यात गर्न सकिने बारेमा सुझाव दिएको हो ।

सो अवसरमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन भइरहेको बताउनुभएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । उहाँले नेपालमा बढ्दो शहरीकरणसँगै फोहर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दीर्घकालीन समाधानको विधिमा जान लागिएको बताउनुभयो ।

यस्तै विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चा गर्दै उहाँले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको उल्लेख गर्नुभयो । नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उहाँले मुलुकका सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताउनुभयो ।

भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताउनुभयो । पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकाले त्यसमा सबै मिलेर काम गर्नुपर्ने सुझाउनुभयो । टोली सदस्य तथा पूर्वसांसद माचुदाले विश्वभर अब सबैभन्दा ठूलो सङ्कट पानीको आउने भन्दै नेपालको हिमालय क्षेत्रमा रहेको पर्याप्त पानीलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो । विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ६ : ४० बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक