२०८२, ७ चैत्र आईतबार

निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस

निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस


काठमाडौँ, ३० भदौ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले आज गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई आजैको मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन भएको बताउनुभयो । पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ ।
रासस

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ९ : ११ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको