२०८१, २ कार्तिक शुक्रबार

काठमाडौको फोहर व्यवस्थापन गर्न विश्व सरसफाइ नै दिवस नै आउनु पर्ने ?

काठमाडौको फोहर व्यवस्थापन गर्न विश्व सरसफाइ नै दिवस नै आउनु पर्ने ?


काठमाडौँ, ३० भदौ विश्व सरसफाइ दिवसका दिन शनिबार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो ।

सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ्गा महिला समूहलगायत २६ संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, महानगरपालिका–३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो ।

शनिबार विश्व सरसफाइ दिवस परेकाले सबै स्थानीय तहका वडामा सफाइ गरियो । सफाइ गरिए पनि सडकमा जताततै फोहर थुपारिएको देखिन्छ । महानगरपालिकाले सबै वडालाई दिवस मनाउन आह्वान गरेको थियो ।

वागमतीको मुहान सुन्दरीजलदेखि नै सफाइ अभियान चलाएको वागमती सुन्दरता सरोकार मञ्चले २४० औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको थियो । नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा भएको सफाइमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने पाँच मेट्रिक टन फोहर त्यहीँ गाडिएको थियो भने नकुहिने एक मेट्रिकटन फोहर बाहिर व्यवस्थापनका लागि नगरपालिकाको सवारी साधनले लगेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

उक्त नदीको मुहानदेखिकै सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनीमैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाका पनि सहभागिता थियो ।

रुद्रमती सफाइको २३४ औँ हप्तामा वडा नं ९ र ३० दुई समूहमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढीकोे सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको २०६ औँ हप्तामा आज टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकायसहित २५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

वागमतीको सुन्दरीघाट खण्ड सफाइको ८९ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । यसैगरी मनोहरा सफाइको ७९ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको ७५ औँ हप्तामा गोङ्गबु–सामाखुशी–वसुन्धरासम्म सफाइ गरियो । तीनसय ५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो । ‘डम्पिङ साइट’ को अभावमा चक्रपथको दायाँबायाँ पनि फोहरको डङ्गुर थुप्रिएको उहाँले जानकारी दिनुभयो ।

आलोकनगर सफाइको ७५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । टोल टोलमा प्रहरी अभियानका साथै सफाइसँगै जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।

चक्रपथ बाफल खण्ड सफाइको ५७ औँ हप्तामा स्युचाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाका वडा सदस्यको पनि सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वागमती सफाइ महाभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ ।

विश्व सरसफाइ दिवस २०१८

विश्व सरसफाइ दिवस प्रत्येक वर्ष सेप्टेम्बर १५ का दिन सरसफाइ अभियान गरी विश्वभर मनाइन्छ । विगत केही वर्षदेखि नेपालमा पनि यो दिवस आभियानका रुपमा मनाउन थालिएको हो ।

स्कूल, कलेज सरकारी तथा गैरसरकारी संस्था वा विभिन्न समूहले यो दिवसलाई अभियानका रुपमा मनाउँदै आएका छन् । ‘मानिसका लागि स्वच्छ गृह’ भन्ने विश्व सरसफाइ दिवस २०१८ को नाराका साथ महाँकालस्थित जनकल्याण माविको श्री जनकल्याण युवा क्लबले आफ्नो क्षेत्रमा सफइ गरे ।

क्लबले महाँकाल ओरालोको बस बिसौनीदेखि टुसाल महाँकाल रोड हँुदै महाँकाल मन्दिरसम्म सफाइ गरेको र यसमा स्थानीय बासिन्दले पनि साथ दिँदै क्लबलाई धन्यवाद दिए् । स्थानीयबासिन्दा स्वस्फूतरूपमा सफाइमा सहभागी भई क्लबका पदाधिकारी तथा विद्यार्थीलाई सहयोग गरेका थिए । यस कार्यक्रमका लागि क्लिन अप नेपालले क्लिन अप कीट उपलब्ध गराएको थियो ।
उक्त विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले भन्नुभयो, “आफ्नो छेउछाउ सफा राख्नु हामी सबैको जिम्मेवारी भएको र यो जिम्मेवारी पूरा गर्नसके स्वच्छ घर बनाउनुका साथै हामी आफै पनि स्वस्थ्य रहन सक्छौँ । रासस

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ३ : २४ बजे

कुलेखानी–फाखेल र दक्षिणकाली-सिस्नेरी सडक ३ दिन बन्द हुने

मकवानपुर । मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

पशुपति गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले

दुबईमा मधेशी समूदायले सामूहिक रुपमा मनाए दशैं

काठमाडौं । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले

पूर्वमन्त्री प्रदीप कटुवाल भन्नुहुन्छः बिपी राजमार्गलाई थप व्यबस्थित गराउन भोलीबाट काम थालिने छ

सिन्धुलीः विपी राजमार्गमा दशैंको टिकाको अघिल्लो दिन खोलिएको ट्र्याकलाई भोलीबाट

विगतको बडादशैंहरु भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका

काठमाडौं । वडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी