२०८३, १४ कार्तिक शनिबार

मोलमोलाइमा व्यवसायी, बैंक खाता खोलिँदै

मोलमोलाइमा व्यवसायी, बैंक खाता खोलिँदै


काठमाडौं, २९ भदौ: दसैको मुखैमा यातायात व्यवसायीले अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका बैंक खाता खोल्नुपर्ने सर्त अघि सारेका छन् । दसैंको अग्रिम टिकट बुकिङमा अड्को थाप्दै रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार भएको समाचार आजको राजधानीको पहिलो पृष्ठमा छापिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवस्था विभागका महानिर्देशक लावण्डयप्रसाद ढकाललाई निर्देशन दिएपछि यातायातसँग सम्बद्ध समितिका बैंक खाता खुल्ने भएका हुन् ।

लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै त्यस क्षेत्रका सबै समितिका बैंक खाता रोक्का गरेको सरकारले दसैलाई मध्यनजर गर्दै रोक्का भएको बैक खाता खोल्ने तयारी गरेको छ । बैंक खाता खुला गर्न यातायात समितिहरु कम्पनीका नाममा दर्ता हुनपर्छ। ती समिति कम्पनीमा दर्ता भएपछि समितिका सम्पूर्ण चलअचल सम्पत्ति तथा बैक खाता कम्पनीका नाममा रुपान्तरण हुन्छन् ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ७ : ०६ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २३ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको छ। जल तथा