२०८३, १८ भाद्र शुक्रबार

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या


मुस्ताङ, २८ भदौ: अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । बाढीपहिरोका कारण हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका हुन् । म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से खण्ड तथा मुस्ताङ थासाङ गाउँपालिका –३ लेते र ४ घासाँ गरी १५ ठाउँमा पहिरोले सडक बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्जिनियर प्रदिप निरौलाले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक ७६ किलोमिटरको छ ।

सडक अवरुद्ध हुदाँ उत्तरी उपल्लो मुस्ताङका दुई गाउँपालिकाको वासिन्दालाई काठमाडौँ, पोखरा, जोमसोमसंगको यातायात सम्र्पक विच्छेद भएको छ । सडक अवरुद्ध स्थानीय वासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु कम्तीमा आठ ठाउँमा सवारीसाधन परिवर्तन गरेर वा पैदलयात्रा गर्न बाध्य भएका छन् ।

यसैगरी पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको छ भने कुन्जोमा स्वास्थ्य चौकी तथा आमा समुहको भवन पूर्णरुपमा क्षति पु¥याएको छ । थासाङ गाउपालिका २ सौरुमा बाढीले दश घरमा क्षति पु¥याएको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमासमेत समस्या भएको छ । दैनिकजसो सडक अवरुद्ध हँुदा बजारमा स्याउ पठाउन समस्या भएकाले कृषकहरु निराश बनेका छन् ।-रासस

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ७ : २० बजे

भोटेकोशी बाढीको भयावह तस्वीर : १,२५२ शव फेला, ४,२१६ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले भयावह मानवीय क्षति निम्त्याएको

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको

सुनको भाउ फेरि तीन लाख माथि, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि तीन लाख रुपैयाँभन्दा माथि

रोशीमा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन

काभ्रे । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन