२०८३, १४ कार्तिक शनिबार

पिको लघु जलविद्युत्बाट ७० घर झिलीमिली

पिको लघु जलविद्युत्बाट ७० घर झिलीमिली


खोटाङ, २७ भदौ : पिको लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सोल्मा लामिडाँडाका स्थानीयवासी खुसी भएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित खोबुखोलामा सञ्चालित उक्त जलविद्युत् आयोजनाबाट सोल्मा लामिडाँडाका ७० घर झिलीमिली भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५ प्रतिशत, स्थानीयवासीको ४० र वडा कार्यालयको पाँच प्रतिशत लगानीमा सञ्चालनमा आएको उक्त आयोजनाबाट ९ दशमलव ५ किलोवाट विद्युत् उत्पादन हुने गरेको छ ।

सो जलविद्युत्बाट ल्याइएको पानीबाट सुधारिएको व्यावसायीक पानी घट्टासमेत सञ्चालन गरिएको छ । लघु जलविद्युत्मार्फत २४ औं घण्टा बत्ती बाल्न, मिल तथा कम्प्युटर सञ्चालनलगायत विद्युतीय कामका लागि सहज भएको निर्माण उपभोक्ता समितिका सचिव समराज राईले जानकारी दिनुभयो । वर्षौ अघिदेखि टुकी तथा सोलारमार्फत उज्यालो उपभोग गर्दै आएका स्थानीयवासी २४ औं घण्टा विद्युत उपभोग गर्न पाएपछि हर्षित भएका छन् । विद्युत् उत्पादन गृहसँगै जडान गरिएको सुधारिएको पानी घट्टामा प्रति मिनेट ८ केजी अन्न पिसानी गर्न सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि छिमेकी वडाका स्थानीयवासीसमेत सेवा लिन आउने गरेको समितिका सचिव राईले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी पूर्वी क्षेत्रमा पर्ने खिदिमास्थित सोल्मा लामिडाँडामा यसअघि ढिकीजाँतोमार्फत कुटानीपिसानी गर्दै आइएको थियो । वातावरणीय हिसाबले राम्रो मानिएको सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि वर्षौदेखि कष्टका साथ कुटानीपिसानी गर्दै आएका महिला सबैभन्दा बढी लाभान्वित भएका छन् । डिजेलबाट चल्ने मिलमा पिसानी गर्दा लाग्ने खर्चभन्दा आधा कम मूल्यमा सुधारिएको पानी घट्टामा पिसानी गर्न सकिने जनाइएको छ । करीब ९० मिटरमाथिबाट झारिएको पानीबाट सञ्चालन गरिएको सुधारिएको पानी घट्टा सञ्चालन भएपछि आर्थिक बचतसमेत भएको स्थानीयवासीले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ७ : ४४ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा