२०८२, १ माघ बिहीबार

नेपालको सही नक्शा प्रयोगमा ल्याउन आग्रह

नेपालको सही नक्शा प्रयोगमा ल्याउन आग्रह


काठमाडौँ, २७ भदौ : नेकपा (माले) ले नेपाली भूभागसहितको नेपालको नक्शा नेपालमै छपाएर प्रयोग र बिक्रीमा ल्याउने व्यवस्था अविलम्ब मिलाउन सरकारसंँग माग गरेको छ । पार्टीको आज सम्पन्न केन्द्रीय कमिटी बैठकले मुलुकको पश्चिमी सिमानामा पर्ने लिपुलेकदेखि लिम्पियाधुरासम्मको करीब ३१० वर्ग किलोमिटर जमीन भारतमा गाभेर छापिएको नक्शाबारे छानबिन गर्न माग गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीले कञ्चनपुरकी निर्मला पन्तको हत्याको घटनामा संलग्न दोषीलाई चाँडो पहिचान गरी कानूनी कारवाही गर्न आग्रह गर्नुभएको छ । चाडपर्वमा गरीब जनताको जीवनयापन नै अत्यन्त कठिन हुने गरी वृद्धि भइरहेको कालोबजारी, महँगी, एकाधिकार, बिचौलिया प्रणाली आदि नियन्त्रण गर्न आग्रह गर्दै पार्टीले केन्द्रीय सरकारले निर्दिष्ट गरेको भन्दा बढी कर तथा राजश्व नउठाउन समेत स्थानीय तहलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ७ : ०८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा