२०८३, २२ आश्विन शुक्रबार

भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन

भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन


नुवाकोट, २७ भदौ: दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन भएका छन् । आज अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । सम्पर्कविहीनको नाम भने नखुलेको अध्यक्ष तामाङले बताउनुभयो ।

गोठमा गएका दुई स्थानीयवासी पहिरामा फसेका कारण उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पानी परिरहेको र पहिरो गइरहेका कारण उद्धारमा कठिनाइ भएकाले मौसम खुलेपछि हेलिकप्टरमार्फत भए पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ । पहिरो बस्तीतर्फ बढिरहेको र भने चार घर पहिराले बगाइसकेको छ । पहिरो निरन्तर झरिरहेकाले वरपरका बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ६ : १७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य