२०८२, ११ मंसिर बिहीबार

भोजपुरे खुकुरी सङ्कटमा, खुकुरी उत्पादन न्यून

भोजपुरे खुकुरी सङ्कटमा, खुकुरी उत्पादन न्यून


भोजपुर, २७ भदौ भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण उक्त व्यवशाय खस्कदै गएको छ । यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा परेको व्यवसायी बताउँछन् ।

यहाँ भोजपुरे, सिरुपाते, चित्लाङ्ले, कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यहाँ बनाइएका खुकरी मुलुकका विभिन्न जिल्ला तथा विदेशमा समेत प्रख्यात मानिन्छ । “भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै विदेशमा समेत छ,” स्थानीय व्यवसायी हिरालाल श्रेष्ठले भन्नुभयो, “मागअनुसारको खुकुरी उत्पादन हुन ससेको छैन ।” कारीगरसँगै कच्चा पदार्थको अभावले व्यवसाय सञ्चालन गर्न समस्या भएको उहाँको भनाइ छ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।

सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालक बताउँछन् । खुकुरी बनाउन आवश्यक कोइला र बिँडको लागि आवश्यक काठको अभाव छ ।

व्यवसायलाई जिवन्त राख्न खुकुरी बनाउने तालीमसमेत सञ्चालन गनुपर्नेमा यहाँका व्यवशायीले जोड दिएका छन् । “युवाशक्ति विदेश पलायन हुनु पनि यो व्यवशायका लागि समस्या हो,” व्यवसायी श्रेष्ठ बताउनुहुन्छ । युवा विदेश जाँदा गाउँघरमा सञ्चालनमा रहेका साना उद्योग बन्द भएका छन् ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ९ : ०४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री