२०८२, १० भाद्र बुधबार

कुकुर कुट्दा काभ्रेका दुई युवा जेल चलान

कुकुर कुट्दा काभ्रेका दुई युवा जेल चलान


काभ्रे, भदौ २६ :  कुकुर कुट्दा बनेपका दुई युवा जेल परेका छन्  । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो।

उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’ लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन्। सन्तानझैँ माया गरेर पालेको कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो हो।‘उजुरी दर्ता गर्ने वा नगर्ने?’ भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो। तर, मुलुकी अपराध संहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भयो।

कुकुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो, आजको राजधानी दैनिकमा यो खबर छ । घर पालुवा जनावर कुटेको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका ७ घर भई हाल बनेका बस्दै आएका १९ वर्षीइ सुरेश ब्लोन र धुलिखेल १ का २८ वर्षिय राज लामामाथि मुद्दा चलाइएको हो । उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकु टमी र कालीलाई रडले हानेर खुट्टा भाँचिदिएका थिए ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ७ : ५६ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि