२०८३, ७ कार्तिक शनिबार

निर्मला हत्या प्रकरण रहस्यमय बन्दै, हेमन्ती भट्टलाई एसपी विष्टले प्रहरी लगाएर किन पिट्न लगाए ?

निर्मला हत्या प्रकरण रहस्यमय बन्दै, हेमन्ती भट्टलाई एसपी विष्टले प्रहरी लगाएर किन पिट्न लगाए ?


 

महेन्द्रनगर, १० भदौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाका कारण निलम्बनमा परेका कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले स्थानीय एकजना युवतीलाई महिला प्रहरी लगाएर कुटपिट गरेको रहस्य बाहिर आएको छ । यो घटना बाहिर आएपछि निर्माला प्रकरण झनै रहस्यमय बन्र्दै गएको छ ।

भीमदत्त नगरपालिका निवासी हेमन्ती भट्टलाई विष्टले ३ दिनसम्म लगातार प्रहरी कार्यालयमा बयानका लागि बोलाएर तेस्रो दिन मरणासन्न हुने गरेर कुटपिट गरेको खुलासा भएको छ । निर्मला पन्तकी दिदी र हेमन्ती भट्ट साथी हुन् ।

बयानका लागि बोलाएको तेस्रो दिन महिला प्रहरी लगाएर एसपी विष्टले आफूलाई खुट्टाको पैतलामा पिटेको हेमन्ती भट्टले स्थानीय पत्रकारहरूलाई बताएकी छिन् ।

‘एसपी विष्ट र उहाँको समूहले निर्मला पन्तको बलात्कार र हत्यामा तेरो पनि संलग्नता छ । के हो भन् भनेर मलाई यातना दिइयो’, भट्टले भनेकी छिन्, ‘मलाई कुनै जानकारी नभएको विषयमा जवरजस्ती दुःख दिइयो । प्रहरी कार्यालयमा पिटियो ।’

‘केरकारको लागि मलाई घरमा आएर बोलाए । पहिलो र दोस्रो दिन केही पनि गरेनन् । तेस्रो दिन बेलुका घर आउनु अगाडि महिला पुलिसहरूले कुटे’, हेमन्ती भट्टले भनेकीछिन्, ‘भन तैँले मान्छे पठाहोस् भनेर घटना स्वीकार गर्न दवाव दिए । निर्मला पन्त मेरो साथी होइन । म कलेज पढ्ने । उनी स्कुल पढ्ने । निर्मला मेरो साथीको बहिनी हो ।’

निर्मलाको बलात्कारपछि हत्या भएको घटना आफूले कलेजबाट घर फर्कने बेला बिहान दश बजेतिर थाहा पाएको भट्टले बताएकी छिन् । ‘निर्मला पन्तलाई त्यो दिन बिहान देखेको थिएँ मैले । पछि देखिन । त्यो दिन बिहान साथीको घर जान्छु भनेकी थिइन् । उनको दिदीले नजा भनेको थियो रे’, उनले भनेकी छिन्, ‘निर्मला पन्त को साथीकोमा गएको हो मलाई थाहा भएन । त्यो घटना भयो भन्ने करा म कलेजबाट आउँदा दश बजेतिर थाहा पाएको हुँ ।

(हेमन्ती भट्टले सिधा कुरा जनतासँगमा पत्रकार रवि लामिछानेसँग दिएको बयानका आधारमा तयार पारिएको)

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  १० : ०९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने