२०८३, २२ आश्विन शुक्रबार

धुन्चे–रसुवागढी राजमार्ग बन्द

धुन्चे–रसुवागढी राजमार्ग बन्द


रसुवा २५ भदौ: धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा आज साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ । करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स–साना ढुङ्गा झर्ने कार्य जारी भएकाले आज रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताउनुभयो । ठूलाठूला ढुङ्गा झरेका कारण पहिरो खोली राजमार्ग सुचारु गर्न तीन÷चार दिन लाग्ने अनुमान गरिएको सडक कार्यालयका डोजर अपरेटर राजेश दाहालले जानकारी दिनुभयो ।

अहिले साँझ ६ बजे खसेको ढुङ्गा विस्फोटन गराएर मात्र राजमार्ग खोल्न सकिने प्राविधिकहरुले बताएका छन् । बिरामी लिई चिलिमेबाट धुन्चे अस्पताल आएको एम्बुलेन्ससमेत परिरोका कारण रोकिएको छ । केरुङबाट सामान लिन आएका करीब ५०० कन्टेनर भन्सारबाट छुट्ने क्रममा रहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ९ : ०५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य