२०८३, ३१ श्रावण सोमबार

१० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक

१० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक


गोरखा, २५ भदौ : अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् । गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका थिए ।

ऊनीको गलबन्दीभित्र पाँच किलो सुनराखी बाहिरबाट सिलाइ कम्मरमा पेटी जस्तो बनाई ल्याएको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामाको साथबाट थप कानमा लगाउने कन्दरा सात तोला बराबरको दुई थान, टप एक तोला बराबरको दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका तेन्वेले भने पछाडि बोक्ने रातो रङको झोलामा राखेर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो । तिब्बतको जोङ्ग भन्ने स्थानबाट चिनजानका च्याङ्चीन भन्ने चिनियाँ नागरिकले काठमाडाँै पु¥याइदिनु भनी सुन पठाएको अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।

“अभियुक्त दुई जनाको फोन नम्बर राखी काठमाडौँ जानु त्यहाँ पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनु भनेर सुन बोकाएर पठाएको पाइयो”, प्रहरी प्रमुख बस्नेतले भन्नुभयो, “निजहरुलाई सुन पु¥याएबापत रु ५० हजार दिने सहमति रहेको बुझियो ।” उनीहरुले चुमनुव्री गाउँपालिका वडा नं ७ को सिर्दिबासस्थित स्यात्ला नाकाबाट हुँदै तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

गोरखाको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल नजोडिएकाले हवाइमार्ग हँुदै आवातजावत गर्नुपर्ने भएपछि सो क्षेत्र हँुदै तस्करी बढेको आशङ्कामा जिल्ला प्रशासन कार्यालयले केही दिनअघिदेखि कडाइ गरेको थियो । प्रशासनको निर्णयअनुसार उत्तरी क्षेत्रमा उडान भर्ने सबै हेलिकप्टरमा अनिवार्य जाँच गर्न थालिएपछि सडकमार्ग हुँदै तस्करी शुरु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ५ : ५२ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा