२०८२, १४ चैत्र आईतबार

निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, त्यसो भए दिलीप विष्ट को हुन् ?

निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, त्यसो भए दिलीप विष्ट को हुन् ?


काठमाडौं, भदौ २५ : राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे । ‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको असन्तुष्टि देखिएपछि नयाँ अनुसन्धान टोली बनाएर काम भइरहेको छ ।

नयाँ टोलीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । निर्मलालाई बलात्कार गरी हत्या गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याइन्छ । उसलाई छाडिन्न,’ भेटमा के कुरा भन्नुभयो भन्ने प्रश्नको जवाफमा आइजिपी खनालले भने त्यसपछि उनलाई सोधियो, ‘त्यसो भए मुख्य अभियुक्त भन्दै गत ४ भदौमा पक्राउ गरिएका दिलीपसिंह विष्टचाहिँ को हुन् ? के उनी अवास्तविक र छद्म अभियुक्त हुन् ?’ जवाफमा आइजिपी खनालले भने, ‘अनुसन्धानका क्रममा शंकाको घेरामा आएका मानिसहरूलाई गिरफ्तार गरी सोधपुछ गरिन्छ ।

दिलीपमाथि पनि कानुनसम्मत ढंगले अदालतबाट म्याद लिएर सोधपुछ भइरहेको छ ।’आयोगको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले झन् चर्को स्वरमा भने, ‘निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौँ ।’ स्थानीय र पीडित परिवारको आशंका तत्कालीन प्रहरी नेतृत्वप्रति रहिरहेको बुझेका आइजिपी खनालले सोही कार्यक्रममा भने, ‘एसपी हुँदा नै डिएसपीलाई बाँकी नराखेको मान्छे हुँ । यस घटनामा कुनै प्रहरी कर्मचारी दोषी देखिए एसपी त के, एआइजीसम्मलाई छाडिन्न ।’
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : २६ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर