२०८२, २३ असार सोमबार

शेयर बजार दोहोरो अङ्कले ओरालो

शेयर बजार दोहोरो अङ्कले ओरालो


काठमाडौँ, २४ भदौ : धितोपत्र बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि आज कारोवार रकम भने बढेको छ । कूल १६६ कम्पनीको १२ लाख ७२ हजार १०८ कित्ता शेयर रु ३२ करोड ७० लाख २५ हजार ७४१ मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपपसमूहको शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । बैंकिङ ७.१६, व्यापार ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत् १४.४३, वित्त १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादन ६.८१, अन्य ८.०८, माइक्रोफाइनान्स २४.९३ र जीवन बीमा ६७.४२ विन्दुले घटेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ७ : ३४ बजे

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत

बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर

पनौती । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै

सोमबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको