२०८३, २९ असार मंगलबार

आठ महिनामा आठ हवाई दुर्घटना – ५९ को मृत्यु !

आठ महिनामा आठ हवाई दुर्घटना – ५९ को मृत्यु !


काठमाडौं, भदौ २४: नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए ।

सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो। त्रिभुवान विमानस्थलमा मार्च १२ मा भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। यस्तै, अप्रिल १९ मा १३९ यात्रु सवार मालिन्दो एयरको विमान त्रिभुवन विमानस्थलमा नै दुर्घटना भयो। तर, यसमा सबै यात्रु सुरक्षित रहे। मे १६ मा सिमिकिोटमा भएको मकालु एयरको विमान दुर्घटनमा २ जनाको मृत्यु भयो।

जुन ९ मा जुम्लामा तारा एयर, जुन १६ मा पोखरामा यति एयरलाइन्स, जुन ३० मा ग्रान्डी अस्पतालमा सिम्रिकको हेलिकोप्टर र सेप्टेम्बर १ मा त्रिभुवन विमानस्थलामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो। सन् २०१८ हवाई सुरक्षाका दृष्टिकोणबाट असुरक्षित बनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू यसलाई सेवामा भएको बढोत्तरीसँगै दुर्घटनाको दर पनि बढेको बताउँछन् । प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘नेपालमा हवाई सेवा संख्यात्मक रूपमा उल्लेख्य बढेको छ, त्यसकारण समग्र हवाई सुरक्षामा सुधार भइरहँदा पनि दुर्घटनाको दर बढेको हो ।’यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ७ : १७ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित