२०८३, २२ आश्विन शुक्रबार

तक्मा बनाउन आठ करोड खर्च

तक्मा बनाउन आठ करोड खर्च


काठमाडौं, भदौ २३ : गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो ।

उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च छ ।

नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । सुनको रश्मि आकारभित्र कमलको पात आकारको आठवटा रातो मीना जडान गरिएको हुन्छ । त्यस्तै, बीचमा सुनले बनाएको नेपालको नक्सा पनि हुन्छ ।

यसैगरी, राष्ट्रगौरव तक्माको नौ लाख, राष्ट्रदीपको करिब साढे छ लाख तथा जनसेवाश्रीको छ लाख रुपैयाँ लाग्छ । राष्ट्रगौरव र राष्ट्रदीप पनि हीरा र सुन जडान गरेर निर्माण गरिएको हुन्छ । जनसेवाश्रीमा मणि जडान गरिएको हुन्छ । त्यस्तै, अलंकार बनाउन एउटाको दुई हजार ५०० तथा पदक बनाउन करिब ८०० रुपैयाँ खर्च हुन्छ ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ७ : ३९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य